३ असोज, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा बिकसित पछिल्लो राजनीतिक घटनाक्रमले संबिधानको कार्यान्वनमा गम्भीर चुनौति खडा गरेको बताएका छन् ।
संबिधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष कमल थापाले सत्ताकेन्द्रित प्रतिस्पर्धा दोहोरिएबाट नयाँ संविधानले राजनीतिक स्थिरता प्रदान गर्न नसक्ने नकारात्मक सन्देश प्रवाहित भएको बताएका छन् ।
थापाले राजनीतिक दलहरुका बीचमा हाल सिर्जना भएको तिक्तता र असमझदारिले समेत संबिधानको कार्यान्वनमा थप जटिलता खडा गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘नयाँ संविधान बनेपछि देशमा स्थिरता कायम हुने, प्रजातन्त्र बलियो हुने र देशमा तीव्र गतिले आर्थिक बिकास हुने जनताको आशा र बिश्वास निराशा र अविश्वासमा परिणत हुने खतरा समेत देखा परेको छ ।’
थापाले स्थानीय निर्वाचन वारे सत्तारुढ दलहरुबाट नै अनावश्यक विवाद र अन्यौल सिर्जना गरिएको गरिएको भन्दै आगामी चैत महिनाभित्र स्थानीय चुनाव हुन नसके २०७४ माघ भित्र तिनै तहका चुनावहरु सम्पन्न हुन कठिनहुने बताए ।
चुनाव हुन नसके संबैधानिक रिक्तता खडा हुने र देश गंभीर संकटको भुमरी पर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4