Comments Add Comment

हवाई उड्डयन प्रस्तावमा भारतले सहमति नगर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समस्यामा

Gautam Buddha International Airport (6)४ असोज, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको एक एजेण्डा बनाइएको हवाई उड्डयन क्षेत्रका मुख्य दुई मुद्दामा सम्झौता हुन सकेन ।

नेपालले धेरै पहिलेदेखि उठाउँदै आएको नेपाल र भारतबीच खुल्ला आकाश सम्झौता अर्थात एयर स्पेस एगि्रमेन्ट र नेपाल आउने एयरलाइन्सलाई तीन नाकाबाट प्रवेशको अनुमति सम्बन्धी प्रस्तावमा यसपटक पनि सम्झौता भएन ।

पछिल्ला प्रत्येक प्रधानमन्त्री भारत भ्रमणमा एजेन्डामा यी मुद्दा राखिदै आएका छन् । प्रधानमन्त्री प्रचण्डले पनि उक्त प्रस्ताव गरेका थिए । तर दिल्लीमा भएको दुईपक्षीय वार्तामा दुवै विषयमा सम्झौता नभएपछि अन्याता पुन बढेको आजको कारोबार दैनिकमा समाचार छ ।

भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माणले गति लिँदै जाँदा नेपाल र भारतीच हुनुपर्ने अत्यावश्यक सम्झौता गर्न भारतले आलटाल गर्दै आएको छ ।

उक्त सम्झौता नभए सन् २०१८ को जनवरीभित्र सञ्चालनमा ल्यउने गरी निर्माण कार्य जारी राखिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरणमा समस्या पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment