४ असोज, मोरङ । खोलामा डुबेर मोरङमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
मधुमल्ला– ४ खावेझोडा बस्ने टीकाराम खड्काका तीन वर्षिय छोरा परेन्ताको घर नजिकै रहेको बक्राहा खोलामा डुबेर मृत्यु भएको हो ।
बालकलाई घर नजिकै रहेको खोलामा डुबेको फेला पारेपछि उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताए ।
यस्तै विराटनगर–१ स्थित सिङ्गिया खोलामा डुबेर कटहरी–३ का ५० वर्षीय प्रमोद मेहताको मृत्यु भएको छ । मेहतालाई खोलामा डुबेको अवस्थामा स्थानीयबासीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4