Comments Add Comment

दाताको सहयोगमा सुरु भयो फुलेको उपचार

 

Fule-Kumal-and-Madhuri-Kumal
फुले कुमाल र माधुरी कुमाल

४ असोज, काठमाडौं । उपचार खर्च नभएर सधैं सिभिल अस्पताल वरपर छटपटिँदै हिँड्ने फुले कुमाल र उनकी श्रीमती माधुरी यतिबेला खुसीले गदगद छन् । किनकी रक्त अल्पता रोगबाट पीडित फुले कुमाललाई देश विदेशबाट नेपालीहरुले उपचारमा सहयोग गरेका छन् र सिभिल अस्पतालमा उपचार पनि सुरु भइसकेको छ ।

प्युठान धर्मावती-४ का फुले कुमाल र उनकी श्रीमती माधुरी उपचार खर्च नभएर छट्पट्टाइ रहेको अवस्थामा दुई महिना अघि सिभिल अस्पतालमा भेटिएका थिए । गत साउन ९ गते अनलाइनखबरमा ‘माधुरीको प्रश्नः गरिबले उपचार खर्च नभएर मर्ने ?‘ शीर्षकको समाचार प्रकाशित भएको थियो ।

सो समाचार पढेर देश विदेशबाट फुलेको उपचारकालागि सहयोग रकम जुट्यो । हालसम्म ७ लाख ३३ हजार १ सय ७ रुपैयाँ माधुरी कुमालको नाममा सानिमा बैंकमा रहेको खाता (०१३००००१९०७० N)मा जम्मा भइसकेको छ ।

करिव दुई महिना अघि उपचार खर्च नभएर सिभिल अस्पताल प्रांगणमा टोलाएर बसिरहने फुले कुमाल यतिखेर आसीयुमा उपचार गराइरहेका छन् । विषेशज्ञ डा. विशेष पौडेल लगायतको टोली उपचारमा संलग्न छ ।

फुलेकी श्रीमती माधुरी कुमाल देश विदेशबाट सहयोग रकम जुटेपछि र श्रीमानको उपचार सुरु भएपछि अहिले निकै खुसी छिन् । ‘डाक्टरले उपचारमा ८ देखि १० लाख लाग्छ भनेको सुनेर मैले त श्रीमानको उपचार हुने आश मारिसकेकी थिएँ,’ ३३ वर्षीया माधुरी भन्छिन्, ‘अहिले उपचार हुन लागेकोमा निकै खुसी छुँ ।’

उनले आफ्नो श्रीमानको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिइन् ।

Madhuri-Dampati1
दुई महिना अघि अस्पताल परिसरमा भेटिएका फुले र माधुरी

११ र ७ बर्षका छोराछोरीलाई गाउँलेको जिम्मा लगाएर माधुरी र फुले उपचारको खोजिमा काठमाडौं आएका थिए ।

फूलेको उपचारका लागि मणि चौलागाई, ऋजना उप्रेती, दिनेश मैनाली, कल्पना भट्टराई, सन्दिप बस्नेत, माधव नेपाल र रोजीता अधिकारीको २ महिने सक्रिय अभियान पछि रकम संकलन भएको हो ।

फूलेको उपचारकालागि डेभलपमेन्ट फर पिस टेक्सास अमेरिकामा आवद्ध जाफिर अमिर, अनिता खनाल मैनाली, दिनेश मैनाली, दिपक खरेल, सुशान्त खड्का र अनिल भेटवालले ३ लाख १६ हजार ८ सय रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै किशोर पन्तको सक्रियतामा शस्त्र नेटवर्क, ओम्नी विजनेस कर्पोरेट र एक्सिस वर्ल्ड टिचका कर्मचारीहरुले १ लाख सहयोग गरेका छन् ।

प्रवासी नेपाली एकता समाज नेदरल्यान्डसको सक्रियतामा ६० हजार रुपैयाँ, ऋजना उप्रेतीको सक्रियतामा आइसिइएफ क्यालिफोर्निया अमेरीकाबाट ५५ हजार ८ सय ७२ रुपैयाँ र मकाउमा रहेको भेनिटियन क्यासियो अन्तर्गतको स्यान्ड्स् कोटाइ सेन्ट्रल प्यारिसन होटल टावरमा कार्यरत धनेश थिङको सक्रियतामा ५० हजार रुपैयाँ संकलन भएको छ । दुबई लगायतका स्थानबाट पनि सैयौं नेपालीहरुले फुलेको उपचारका लागि रकम पठाएका छन् । त्यस्तै नाम र ठेगाना नखुलाई देश विदेशबाट धेरै व्यक्तिहरुले फुलेको उपचारका लागि सहयोग गरेका छन् ।

Sanima-Bank-Statement

(अधिकारी स्वतन्त्र पत्रकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment