Comments Add Comment

‘दसैंको मुखमा चन्दा उठाउन विद्यालयमा बम आतंक ?’

स्कुल र कलेज सञ्चालकहरुको आकस्मिक बैठक बस्दै

bomb_jorpati army

४ असोज, काठमाडौं । साउन पहिलो साता विद्यार्थीहरु लिन डल्लु पुगेको आइडियल मोडल स्कुलको बसमा एकबिहानै आगजनी भयो । त्यो भनेको विद्यालय सञ्चालकहरुबाट चन्दा उठाउने सांकेतिक कारवाही थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालका नाममा भएको अततायी घटनापछि निजी स्कुलहरुमा चन्दा आतंक सुरु भयो । एक विद्यार्थी नेता भन्छन्, त्यो घटनापछि ठूला स्कुलहरुबाट मोटो रकम चन्दा उठाएको सूचनाहरु आएको थियो ।’

स्कुल बसमा आगजनी भएको दुई महिनापछि मंगलबार उपत्यकाका झण्डै एक दर्जन स्कुललाई लक्षित गरेर बम र शंस्कापद बस्तुहरु राखेका छन् । र, घटनास्थलमा त्यही पुरानै संगठनको पर्चा भेटिएको छ ।

बौद्धको अकाशदीप स्कुल र मनकामना उच्च मावि नजिक राखिएको बम विस्फोट भएको छ । मानवीय क्षती भएको छैन । तर, आकाशदीप स्कुलको पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।

मंगलबार बम राखिएको एक स्कुल सञ्चालक पनि यसलाई चन्दा आतंकसँग जोडेर हेर्नुपर्ने बताउँछन् । विगतमा यस्ता घटना भएपछि विद्यार्थी संगठनका नाममा चन्दा माग्नेहरु आउने गरेको भन्दै उनले भने, विभिन्न राजनीतिक दलको विद्यार्थी संगठन भन्दै विभिन्न समूह रकम तोकेर नै चन्दा माग्न आउँछन् । र, बार्गेनिङ गरेर एउटा रकम तय हुन्छ ।’

अहिले दशैं नजिक आएकाले पनि विद्यार्थी संगठनको नाममा चन्दा माग्ने समूहहरु स्कुलमा पुग्ने गरेका छन् । मागपत्रका नाममा पैसा उठाउने गिरोह बढी सक्रिय भएको छ ।

इष्टपोल बोर्डिङ स्कूल बौद्धमा पनि मंगलवार विहानै बम भेटियो । तर बम राख्ने समूहले आफूहरुसँग कहिल्यै मागपत्र पनि नल्याएको र धम्की पनि नदिएको स्कूलका प्रिन्सिपल राजेश राईले बताए ।

स्रोतका अनुसार यो समूहले प्याव्सन लगायतका संस्थासँग संस्थागत रुपमै मागपत्र राखेको थियो । यो समूहकै नाममा बम आतंक मच्चाइएपछि प्याव्सन, एनप्याब्सन र उच्च माध्यमिक विद्यालय संघ हिसानको संयुक्त बैठक बस्दैछ ।

सामान्य धरौटीमा छुटेका थिए

स्कुल बस जलाएको आरोपमा प्रहरीले निर्मल मगर र चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको थियो । तर, धरौटीमा छुटेको पाइएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख विक्रम थापाले भने, हामीले त त्यसबेला पनि मुद्धा चलाएका थियौं, तर समान्य धरौटीमा छुटे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment