+
+
Shares

रामलाल जोशीको ऐनालाई मदन पुरस्कार

लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते १८:२२

Ramlal-Joshi,-Aina
४ असोज, काठमाडौं । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ ।

गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ ।

मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई,  नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।

यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?