+
+
Shares

सरीमाया बनिन् अमेरिका जाने ९० हजारौं भुटानी शरणार्थी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते २०:३०

Sarimaya-thatal

४ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले अमेरिका पुनर्वास हुन जान लागेकी ९० हजारौं भुटानी शरणार्थी सरीमाया ठटाललाई बिदाइ गरेकी छन् ।

अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि बुधबार  प्रस्थान गर्दै छिन् । राजदूत टेपलेट्जले गत साता झापास्थित बेलाडाँगी भुटानी शरणार्थी शिविरको भ्रमण गरी तेस्रो मुलुक पुनर्वास कार्यक्रमको विषयमा छलफल गरेकी थिइन् ।

सो कार्यक्रम अब समापनको नजिक छ । अमेरिकी राजदूत टेपलेट्जले नेपालमै बाँकी रहने शरणार्थीहरूका लागि दीर्घकालीन समाधान पत्ता लगाउनु महत्त्वपूर्ण रहेको बताइन् ।

‘नेपाली जनता र सरकारले दशकौँदेखि अत्यन्त कृपापूर्वक शरणार्थीहरूलाई आतिथ्य सत्कार प्रदान गर्दै आएका छन् र भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनर्वास हालैका वर्षहरूमा अत्यधिक सफल शरणार्थी व्यवस्थापन विधिमध्ये एक बनेको छ,  उनले भनिन् ।

२० वर्षभन्दा लामो अवधि शरणार्थी शिविरमा बिताएकी ठटालले अमेरिका पुगेपछि आफू र आफ्ना सन्तानका लागि नयाँ अवसरको आश गरेको बताइन् ।

अमेरिकामा ९०,००० भुटानी शरणार्थी पुगेसँगै तेस्रो मुलुकमा पुनर्वासमा गएका भुटानी शरणार्थीहरूको कुल सङ्ख्या १ लाख ५ हजार पुगेको छ ।

अमेरिकाले नेपाल सरकार, युएनएचसीआर, आईओएम तथा अष्ट्रेलिया, क्‍यानडा, डेनमार्क, नेदरल्यान्ड्स, न्यूजिल्याण्ड, नर्वे र बेलायतका सरकारहरूसँगको समन्वयमा पूर्वी नेपालमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि पुनर्वास गराउन थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?