Comments Add Comment

कट्रिनालाई ‘स्मिता पाटिल अवार्ड’

katrina kaif awarded
बलिउड नायिका कट्रिना कैफलाई ‘स्मिता पाटिल अवार्ड’बाट सम्मानित गरिएको छ । केन्द्रिय मन्त्री नितिन गडकरीले उनलाई मुम्बइमा आयोजना गरिएको एक कार्यक्रममा अवार्ड प्रदान गरेका थिए । नायिका कैफको प्रतिक्रिया लिनका लागि मिडियाले बाहिर प्रतिक्षा गरेका थिए । तर, उनी पछाडिको ढोकाबाट बाहिर निस्किइन् र मिडियालाई प्रतिक्षामा नै राखिदिइन् ।

कार्यक्रममा बोल्दै नायिका कैफले भनिन्-‘भारत मात्र होइन, विश्वभरका चलचित्र क्षेत्रलाई पुरुष प्रधान मानिन्छ । तर, अब विस्तारै यो बदलिएको छ ।’
उनले आफूलाई अवार्ड मिल्नु गर्वको कुरा भएको बताइन् ।

उनले आफूले महिला केन्दि्रत चलचित्रमा योगदान दिएको स्पष्ट पारिन् । स्मिताको बिषयमा कुरा गर्दै कैफले भनिन्-‘चलचित्रको माध्यमबाट उनलाई जीवनको उद्देश्य मिलेको छ । यो प्राप्त गर्नका लागि उनले इमान्दारिताका साथ काम गरेकी थिइन् ।

उनले दर्शकले दिएको मायाका लागि पनि धन्यवाद दिएकी छिन् । निरन्तर असफल चलचित्र दिएपनि कैफको क्रेज बलिउडमा कम भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment