+
+
Shares

भैरव स्मृति सम्मान मनोज गजुरेललाई

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ५ गते १३:४८

Manoj-Gajurel-Samman-810

मकवानपुर । नेपाली हास्यव्यंग्य साहित्यका अद्वितीय हस्ताक्षर भैरव अर्यालको जन्मजयन्तीका अवसरमा हेटौंडामा भैरव स्मृति दिवस मनाइएको छ ।

अर्यालको सालिक रहेको पुष्पलाल पार्कमा आयोजित कार्यक्रममा ०७२ सालको भैरव अर्याल स्मृति पुरस्कार चर्चित हास्य कलाकार मनोज गजुरेललाई अर्पण गरियो । पुरस्कारको राशि २१ हजार एक सय ११ रुपैयाँ रहेको छ । साहित्य संगम मकवानपुर तथा सिस्नुपानी हेटौंडाद्वारा स्थापित उक्त पुरस्कार पाउने गजुरेल आठौं प्रतिभा हुन् ।

साहित्यकार तथा भाषाशास्त्री डा. माधव पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न वक्ताहरूले अर्यालको व्यङ्ग्यकारिता र पुरस्कृत कलाकार गजुरेलको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा भैरव अर्यालका छोरा प्रकाश अर्यालले आफ्ना पिताको स्मरण गरेका थिए ।

गजुरेलले भैरव अर्याल जस्ता महान् स्रष्टाको नामसँग जोडिएको पुरस्कार पाउनु आफ्ना लागि नोबेल पुरस्कार पाउनु सरह भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?