Comments Add Comment

राष्ट्रिय भलिबल खेलाडीहरु सञ्जय र मञ्जु सम्मानित

volleyball-player-samman

५ असोज, काठमाडौं । सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्वय सञ्जय अर्याल र मञ्जु गुरुङलाई सम्मान गरेको छ ।

बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नयाँ शक्ति नेपाल पार्टीको संयोजक डा. बाबुराम भटराईले सम्मान गरे । सञ्जय र मञ्जु दुवै राष्ट्रिय भलिबल टोलीका उप कप्तान हुन् ।

दुबै खेलाडीहरु एक दशक भन्दा अघिदेखि राष्ट्रिय टोलीबाट भलिबल खेल्दै आएका छन् । घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस क्लब र मञ्जुले पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्ने गर्छिन् ।

सम्मान कार्यक्रममा डा. भटराईले नेपाली खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महशुस भएको बताए । ‘देशले सोचेअनुसार प्रगति गर्न नसकेको बेला हाम्रा खेलाडीले जनतालाई खुसी दिएका छन् । राजनिति मतभिन्नताले देश अप्ठयारो परेको बेला नेपाली खेलाडीले जनतालाई एकता, राष्ट्रियता र सहकार्यका लागी सन्देश दिएका छन् ।’ भट्टराईले भने ।

यसैगरी प्रतिष्ठानको अध्यक्ष विश्व विजय जोशीले संस्थाले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आएको बताए । ‘हामीले हरेक वर्ष स्व. सञ्जय मास्केको स्मृतीमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छौं । सामाजिक विकास, खेल र खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गरेका छौं ।,’ उनले भने, ‘तर खेलाडीलाई सम्मान गर्न पाउँदा हामीलाई खुसी लाग्छ ।’

दुइ वर्षअघि प्रतिष्ठानले राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना र महिला टोलीकी पुर्व कप्तान निता शाहलाई सम्मान गरेको थियो । बुधबार सम्मानित भएकी मञ्जु गुरुङले भविष्यमा थप मेहनत र उपलब्धी हासिल गर्ने हौसला मिलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment