Comments Add Comment

वाग्मती किनारामा बनाउने भनिएको पार्क निर्माणका लागि रकम संकलन गरिने

शंखमुल पार्क चाँडो बनाउन एनआरएनले तोक्यो जिम्मेवारी

NRN Park Bagmati (1)

५ असोज, काठमाडौं । काठमाडौंको शंखमुलस्थित वाग्मती नदी किनारमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले बनाउने भनिएको पार्कको निर्माणका लागि रकम संकलन गरिने भएको छ ।

गैरआवासीय नेपाली संघले झण्डै तीन बर्ष पहिले नै पार्क बनाउने घोषणा गरेकोमा अहिलेसम्म काम अगाडी बढ्न सकेको थिएन । पार्क निर्माणको अगुवाई गरिरहेको एनआरएन अन्तरगतको परोपकार तथा मानवीय सहायता समितिले रकम संकलन गरी कामलाई तिब्रता दिने तयारी गरिरहेको बताइएको छ ।
एनआरएन उपाध्यक्ष कुमार पन्तले सो समितिको नेतृत्व गरिरहेका छन् ।

समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेकोे बैठकमा नमूना पार्कको नक्सासहित छलफल भएको सदस्य सचिव रामशरण सिंखडाले बताए ।

शंखमुल पार्क निर्माण कार्य यहि सेप्टेम्बर १ तारिखबाट शुरु भइसकेको र ऐतिहासिक तथा नेपाल सरकारको समेत चासो रहेको यस परियोजनालाई शिघ्र सम्पन्न गर्नका लागि बैठकले जिम्मेवारी समेत तोकेको उनले बताए ।

NRN Park Bagmati (2)

दुई करोड १० लाख रुपैयाँ लागतमा निर्माण हुने पार्कका लागि विश्वभरबाट प्रतिबद्धता गरिएको केही रकम अझै उठ्न बाँकी छ । यसअघि उठ्न बाँकी तथा भविष्यमा प्रतिबद्धता गरिएको रकम संकलनका लागि एनआरएनए युकेका आइसीसी सदस्य तथा समितिका सदस्य संगीता मरहट्टालाई बैठकले संयोजक तोकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment