+
+
Shares

आपसी विवादले हनुमानलाई पूरायो जेल

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ असोज ६ गते १०:३८

hanumanसाक्षात भगवानलाई नै जेलमा कसले पो हाल्न सक्ला र ? भन्ने ठान्नुभएको छ भने जरुर यो पढ्नुहोस् । भारतको बिहारस्थित मधुबनी जिल्लामा भगवान हनुमानलाई जेल हालिएको छ ।

मधुवनीको नवटोली गाउँमा भगवान हनुमानलाई पुलिसले आफुसँगै लगेर कैद गरेको छ । मामिला जमिनसम्बन्धी विवादको थियो तर यसको सजाय हनुमानले भोग्नुपर्यो ।

नवटोली गाउँमा एक समाधीस्थलको जमिनको विषयलाई लिएर विवाद उत्पन्न भयो । दुई जातिका मानिसहरुबीच जमिन कब्जा गर्ने विषयमा विवाद हुँदा एक समुदायका मानिसहरुले रातारात त्यो विवादित जग्गामा मन्दिरको निर्माण गरी हनुमानको मूर्ति स्थापना गरे ।

जब अर्को समुदायका मानिसहरुले बिहान एकाएक विवादित जग्गामा मन्दिर र हनुमानको मूर्ति देखे उनीहरु असन्तुष्ट बने र पुलिसमा उजुरी गरे । प्रहरी घटनास्थलमा पुगेर मन्दिरमा राखिएको हनुमानको मूर्ति उखेलेर लग्यो ।

हनुमानको मूर्तिलाई प्रहरीले मधुवननगर पुलिसचौकीमै राखेको छ । विचरा दुई जातिको आपसी लडाइँमा भगवान हनुमान पुलिसको हातबाट पक्राउ परेर पुलिस चौकीमा थुनिनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?