+
+
Shares

जेल परेर छुटेका व्यक्ति फेरि खैरो हेराइनसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १२:५९

२१ असार, काठमाडौं । लागुऔषधदेखि बलात्कार कसुरमा जेल परेर छुटेका व्यक्ति फेरि खैरो हेराइनसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–८ का ४१ वर्षीय सरोज गहतराज छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीबाट २३.५५० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

उनी अर्जुनधारा–८ बाटै पक्राउ परेका हुन् । पक्राउ परेका गहतराज यसअघि ३१ वैशाख २०७१ मा बलात्कार कसुरमा पक्राउ परी ६ वर्ष कैद भुक्तान गरेर छुटेका थिए । त्यसपछि उनी २३ वैशाख २०८१ मा लागुऔषधसहित पक्राउ गरी १ वर्ष कैद भुक्तान गरेर छुटेका थिए ।

उनै गहतराज अहिले फेरि खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?