Comments Add Comment

असोज १५ भित्र सरुवा गरिसक्ने स्थानीय विकास मन्त्रालयको तयारी, निवेदन दिन आग्रह

ministery-of-local-development, Sthaniya Bikas

६ असोज, काठमाडौं । स्थानीय विकास मन्त्रालयले असोज १५ गतेभित्र आफ्नो मन्त्रालय अन्तरगतका कार्यालयका कर्मचारी सरुवा गरिसक्ने प्रक्रिया अघि बढाएको छ ।

निजामती सेवा नियमावली अनुसार मन्त्रालयले असोज महिनाभरि मन्त्रालय अन्तरगतको कार्यालयमा कर्मचारीको सरुवा गर्न सक्नेछन् । तर मन्त्रालयले १५ गतेभित्रै सरुवा गरिसक्ने गरी तयारी थालेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी निजामती ऐनले गरेको व्यवस्था अनुसार सरुवा हुन योग्य कर्मचारीहरुलाई असोज १० गतेभित्र सरुवाका लागि निवेदन दिन आग्रह गरेको छ ।

सरुवा हुन चाहने स्थानीय विकास मन्त्रालय, गाविस, नगरपालिका र जिविसका कर्मचारीहरुले निवेदन दिँदा सरुवा हुन चाहेको कार्यालय समेत स्पष्ट रुपमा खुलाउन भनिएको छ ।

यसरी निवेदन दिँदा कर्मचारी प्रशासन शाखामा [email protected] मा इमेल गरेर समेत निवेदन दिन सक्ने मन्त्रालयले बताएको छ ।

हेर्नुहोस् स्थानीय विकास मन्त्रालयको सूचना 

notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment