डिभोर्सको प्रक्रियामा लागेका हलिउडका चर्चित जोडी ब्राड पिट र एन्जेलिना जोलीको पुत्ला पनि अब अलग गरिएको छ । एन्जेलिनाले पतिसँग अलग हुन पाउ भनेर फाइल दर्ता गरेपछि अहिले यसले विश्वभर नै तहल्का मच्चाएको छ ।
ब्राड र एन्जेलिना अलग हुने खबरसँगै अब यी दुइको पुत्लालाई म्याडम तुसादबाट पनि अलग गरिएको छ । सन् २०१४ मा ब्राड र एन्जेलिनाको पुत्ला बेलायतको चर्चित म्याडम तुसादमा राखिएको थियो ।
यी दुइलाई अलग गरिएको तस्बिर ट्विटरमा राखिएको छ । साथमा लेखिएको छ-‘हामी त्यो खबरलाई फलो गरिरहेका छौ, जसले दुनियाभरका सेलिब्रेटी र फ्यानलाई हैरान बनाइदिएको छ । हामी पुष्टी गर्छौ कि हामीले ब्राड र एन्जेलिनाको पुत्लालाई अलग गरेका छौ ।’
विश्वभरका सेलिब्रेटीको मैनको पुत्ला म्याडम तुसादमा राखिएको छ । तर, अब एकसाथ रहेका ब्राड र एन्जेलिनाको पुत्ला भने अलग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4