Comments Add Comment

भक्तपुर-पोखरा सिधा बससेवा सुरु

Bhaktapur-to-pokhara

६ असोज, काठमाडौं । भक्तपुरबाट पर्यटकीय सहर पोखराका लागि सिधा बससेवा सुरु भएको छ । भक्तपुरबाट पोखराकालागि सिधा बससेवा सुरू भएको पहिलो पटक हो ।

तहल्का ट्राभल्स एण्ड टूर्स प्राली काठमाडौंले दुई पर्यटकीय सहरहरुको बीचमा सिधा बससेवा सुरु गरेको हो । ट्राभल्सले गत भदौ ७ गतेदेखि नियमित सेवा दिँदै आइरहेको छ ।

तहल्का ट्राभल्सको बस हरेक दिन बिहान साँढे ६ बजे भक्तपुरको व्यासीबाट छुट्नेछ भने कमलबिनाय हुँदै सूर्यबिनायकबाट बिहान सातबजे पोखरातर्फ लाग्नेछ ।

अहिले यस रुटमा दुई बसहरुमात्र सञ्चालनमा आएपनि यात्रुको चाप र आवश्यकता हेरेर निकट भविश्यमै सुविधासम्पन्न बस थप्ने योजना आफुहरुको रहेको तहल्का ट्राभल्सका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले जानकारी दिए ।

मुलुकको प्रमुख दुई पर्यटकीय सहरसँग बससेवा जोड्नका लागि आफुहरुले यस रुटमा बस संचालन गरेको जानकारी प्रबन्ध निर्देशक तिम्सिनाको भनाइ छ ।

सरकारले तोकेको भाडादरमा भक्तपुरबाट पोखरासम्मको यातायात सुविधा उपलब्ध गराइएको ट्राभल्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment