७ असोज, काठमाडौं । पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार ।
करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् । तर, अहिलेसम्म भालवाङवासीसँग भू-स्वामित्व छैन ।
देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रुपमा परिचय बनाइसकेको भालुवाङ बजारेको मुख्य सहर नै लालपुर्जाविहीन रहेको आजको अन्नपूर्णमा समाचार छ ।
त्यहाँ ठूलाठूला पक्की घर बनेका छन् तर घरमालिकसँग् कुनै स्थायी प्रमाणपत्र छैन, न जग्गाको न घरको । यो जमिन अहिले पनि राष्ट्रिय वनकै नाममा छ । यो बजारमा दैनिक करौडौको कारोबार गर्ने राष्ट्रिय स्तरका निजी बैंकहरु समेत छन् ।
२०२५ सालतिर पूर्वपश्चिम राजमार्गको सुरुवाती दिनमा यहाँ सामान्य चिया बेच्ने व्यपापारी पसल थिए । जब राजमार्ग व्यस्त हुन थाल्यो अनि यो बजार पनि चर्कदै जान थाल्यो ।
अहिले पूर्व क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रुपमा यो बजार स्थापित भइसकेको छ ।
प्रतिक्रिया 4