Comments Add Comment

अर्ग्यानिक ‘साथी’ मल बजारमा

७ असोज, काठमाडौं । नेपालमा अहिले एक दर्जनभन्दा बढी कम्पनीहरुले अग्र्यानिक मल उत्पादन गर्दै आएका छन् ।

जसमा पनि नेशनल बायोटेक प्रालिले उत्पादन गर्ने ‘साथी’ कम्पोष्ट मलले पहिलोपटक अन्तर्राष्ट्रिय अर्गानिक मान्यता प्राप्त प्रमाणपत्र पाएको छ ।

मलले एनपीओपी, सीओएस र एनओपी मान्यता पाएको कम्पनीले जनाएको छ । कम्पनीले उत्पादन गर्ने मलमा नाइट्रोजन, आइरन, कपर, बोरन जिंक, पोटासियम लयायतका १६ पोषक तत्व रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले अहिले दानादार मल उत्पादन गरिरहेको छ । दानादार मल किसानले प्रतिकिलो ६० रुपैयाँमा पाउने छन् । त्यस्तै कम्पनीले अबको आगामी दिनमा मसिनो मल पनि उत्पादन गर्ने जनाएको छ । कम्पनीले मसिनो मल भने प्रतिकिलो ४० रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

कम्पनीले अहिले वाषिर्क ५ हजार मेटि्रक टन मल उत्पादन गरिरहेको छ । चिनियाँ प्रविधिमा उत्पादन हुने मल यसअघि नेपाल सरकारबाट प्रमाणपत्र पाइसकेको थियो ।

उत्पादन क्षमतालाई बढाएर बजार मागअनुसार वाषिर्क २० हजार टन मल उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment