७ असोज, दमौली । तनहुँको जामुनेमा शुक्रबार ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
जामुनेमा ७ धयरेमा ग ५ प ८७४३ नम्बरको मोटरसाइकल ग १ ख २७०९ नम्बरको ट्रिपर ठोक्किएका थिए ।
दुर्घटनामा मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार तनहुँको मनपाङ घर भएका वर्ष ३३ का ढालबहादुर शाही र मनपाङ १ बस्ने कुइरे भन्ने एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीले ट्रिपर चालक शुक्लागण्डकी नगरपालिका-३ दुलगौडा बस्ने वर्ष २७ को विकास गुरुङलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4