+
+
Shares

रणवीर र श्रुती गोप्य डेटमा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ८ गते १२:०२

shruti and ranbir

बलिउडमा नायक–नायिकाको गोप्य सम्बन्ध र डेटिङको चर्चा त सधै भैरहन्छ नै । नायिका कट्रिना कैफसँग अलग भएपछि नायक रणवीर कपुर कुन यूवतीको प्रेममा छन् भन्ने कौतुहलता यतिबेला मिडियादेखि उनका फ्यानलाई पनि छ ।

रणवीर एक दिल्लीकी यूवतीसँग डेटमा रमाएको चर्चा नआएको होइन । तर, पछि यो चर्चा त्यसै हरायो । अहिले नायक कपुर नायिका श्रुती हसनको प्रेममा छन् भन्ने चर्चा सुरु भएको छ । एक विज्ञापनमा काम गरेपछि रणवीर र श्रृती नजिक भएको भारतीय मिडियाको दाबी छ ।

यसपछि, यी दुइले गोप्य रुपमा डिनर पनि गरेका थिए । यसपछि त दुइको प्रेमको चर्चा नउड्ने कुरै भएन । तर, रणवीर निकट साथीभाइको हवाला दिदै केही मिडियाले चलकेटी नायक कपुर र श्रुती नजिकका साथी मात्र भएको उल्लेख गरेका छन् । रणवीर यतिबेला प्रेममा पर्ने मुडमा छैनन् भने श्रुती पनि करिअरलाई अगाडि बढाउन चाहन्छिन् । तर, यी दुई निकै नजिकको साथी भने भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?