Comments Add Comment

महाधिवेशन आयोजक समितिको आकार घटाउने माओवादी तयारी

Mao-cc

८ असोज, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीको महाधिवेशन आयोजक समितिको आकार घटाउने तयारी गरेको छ ।

करिब २ हजार ५ सय सदस्यीय समितिलाई व्यवस्थापन गर्न कठिन भएपछि माओवादी केन्द्रले समितिका सदस्यको संख्या कटौती गर्ने भएको हो । यस विषयमा निर्णय गर्न माओवादी केन्द्रको सचिवालयको बैठक पार्टी मुख्यालय पेरिसडाँडामा वसिरहेको छ ।

पार्टी प्रवक्ता पम्फा भुषालले पार्टी एकतापछि सबैलाई समेट्ने प्रयास गर्दा महाधिवेशन आयोजक समितिको संख्या ठूलो भएको भन्दै धेरैजसो सदस्यले समितिलाई चुस्त दुरुस्त बनाउनुपर्ने सुझाव दिएको जानकारी दिइन् ।

सदस्यहरुका सुझाव अनुसार नै बैठकले निर्णय लिने उनले बताइन् । सदस्य संख्या धेरै भएका कारण माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक बस्न सकेको छैन ।

यस्तै पुसमा गर्ने भनिएको महाधिवेशन पनि माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण जनाउँदै यसअगाडि नै स्थगित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment