Comments Add Comment

नेपालको संविधानले सबैको भावनालाई सम्बोधन गरेको छः परराष्ट्रमन्त्री

९ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन् ।

Prakash-saran-mahatसंयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए ।

मन्त्री महतले संविधानमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहलाई पनि वार्ता र संवाद मार्फत सहमतिमा ल्याउन सरकार क्रियाशील रहेको स्पष्ट पारे ।

नेपालको संविधान समावेशी, समतामूलक एवम् लोकतान्त्रिक रहेको भन्दै उनले राज्यका तीनवटा महत्वपूर्ण निकायमा महिलाको नेतृत्व रहनु विश्वमै उदाहरण रहेको बताए ।

नेपाल मानवअधिकारको सम्मान र त्यसको पूर्ण परिपालनाका लागि पूर्ण रुपमा क्रियाशील रहेको उल्लेख गर्दै मन्त्री डा महतले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगमार्फत द्वन्द्वकालका मुद्दामा छानबिन तथा अध्ययन सुरु गरिएको उनकाे  भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment