+
+
Shares

चार मन्त्रले समयमै बन्यो ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी

सिनो हाइड्रोका अध्यक्ष भन्छन्- नेपालको विकासको बाधक अल्छीपना हो

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ९ गते १८:४२

sino-hydro
९ असोज, काठमाडौं । ५० मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो मर्स्याङ्दी  जलविद्युत आयोजना तोकिएको समयमा सम्पन्न भएको छ । ०७१ असोज १ गतेदेखि व्यावसायिकरुपमा विद्युत उत्पादन थाल्ने लक्ष्य लिएर निर्माण थालिएको सो आयोजना भोली अर्थात असोज १० गतेदेखि व्यावसायिकरुपमा सञ्चालमा आउँदैछ ।

आयोजना समयमै सम्पन्न हुनुमा चार वटा मन्त्रले काम गरेको आयोजनाका प्रवर्द्धक सिनो हाइड्र चाइनाका अध्यक्ष सेङ युमिङ बताउँछन् ।

‘हामीले समय, सुरक्षा, गुणस्तर र लागतलाई मन्त्रकोरुपमा लिएर काम गर्‍यौं, जसले हामीलाई सफलता दिलायो,’ आइतबार राजधानीको हायात होटलमा युमिङले पत्रकारहरुसँग आफ्नो सफलताका मन्त्र सुनाए । भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बाबजुत पनि कसरी समयमै आयोजना सम्पन्न गर्नुभयो भनेर उनलाई प्रश्न सोधेका थिए ।

‘भूकम्प र नाकाबन्दीले हामीलाई परियोजना बढाउन अत्यन्तै कठिन भयो । भूकम्पका कारण चीनबाट निर्माणका लागि आवश्यक सामान ल्याउन समस्या पनि भयो,’ युमिङले भने, ‘तर हामीले जुन मन्त्र लिएर त्यसमा प्रतिवद्ध भई काम रिरहृयौं, त्यसले सफलता चुमायो ।’

सो आयोजनामा सिनो हाइड्रो चाइनाको ९० प्रतिशत र मनकामना केवलकार समूहको १० प्रतिशत लगानी छ । १६ अर्ब रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो ।

सोमबार हायात होटलबाटै उर्जामन्त्री जनार्दन शर्माले सो आयोजनाको व्यावसायिक उत्पादनको उदघाटन गर्दैछन् । शर्माले आयोजनास्थल लमजुङमा रहेका आयोजनाका कर्मचारीलाई टेलिफोनमार्फत स्वीच अन गर्न निर्देशन दिएर उदघाटन गर्ने कार्यक्रम छ ।

भकम्पका कारण नेपालसँगको एकमात्र नाका तातोपानी बन्द हुँदा आफुहरुले ठूलो समस्या भोग्नु परेको उनले सुनाए । समय बढ्नेवितिकै निर्माण सामाग्रीको मूल्य बढ्ने, कामदारको तलब बढ्ने र त्यसले आयोजनाको लागत पनि बढ्ने भएकाले आफुहरु तोकिएको समयमै सम्पन्न गर्न दृढ भएको उनको भनाई छ ।

‘समय बढेको भए लागत बढ्थ्यो, लागत बढेपछि हामीले पाउने प्रतिफल घट्थ्यो,’ युमिङ भने, ‘प्रतिफल नै नहुने गरी च लगानी गर्ने कुरा भएन नि ।’

युमिङका अनुसार परियोजनाको निर्माण अवधिभर सो आयोजनाका प्रवन्ध निर्देशक चेन वेन आˆनो घरनै गएनन् । ‘हामी परियोजना निर्माण तोकिएकै समयमा सक्नका लागि जस्तोसुकै सम्झौंता गर्‍यौं,’ उनले सुनाए ।

समयलाई ध्यानमा राखेर कडा मिहेनतका साथ काम गर्नु चिनीयाँहरुको प्रवृत्ति भएको उनको भनाई छ । ‘३० वर्षको अवधिमा चीनले कडा परिश्रम गरेरै विकासमा फड्को मारेको हो । नेपालमा विकासको मुख्य बाधा भनेकै अल्छीपन हो ।’ उनले भने, ‘नेपालीहरु काम नगरी धेरै विदामै रमाउन्छन् । यही मोजमस्तीमा बढी रमाएका कारण मुलुकको विकास नभएको हो ।’

जग्गा प्राप्ति, वातावरणीय परीक्षण र स्थानीय जनताको समन्वय नेपालमा लगानीको लागि मुख्य समस्या भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?