Comments Add Comment

पार्किङ स्थलमा ‘सफर’को पत्रकार सम्मेलन किन गरियो ?

safar nepali movie
नेपाली चलचित्र प्रचारका लागि निर्माता, निर्देशकहरु विभिन्न खालका फन्डा अपनाउँछन् । दर्शकलाई कसरी हुन्छ चलचित्रको बारेमा जानकारी दिन उनीहरु लागिपरेका छन् ।

शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्र ‘सफर’ले पनि यस्तै फन्डा अपनाएर पत्रकार सम्मेलनको आयोजना गरेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरको पार्किङमा चलचित्रको पत्रकार सम्मेलन आयोजना गरिएको छ । चलचित्रका मुख्य कलाकार संजय गुप्ता र निर्देशक आशिष श्रेष्ठ उपस्थित पत्रकार सम्मेलनमा चलचित्रको गीत, संवाद प्रोमो देखाइएको थियो । पत्रकार सम्मेलनमा उपस्थित हुनका लागि दुइले सफर लेखिएको कार प्रयोग गरेका थिए ।

पार्किङबाट नै कथाको सुरुवात भएकाले पत्रकार सम्मेलन पार्किङमै गरिएको कलाकार संजय गुप्ताले बताए । दुइले चलचित्र निर्माणको सुरुवाती दिन संझिएका थिए । नायिका नुर्जा श्रेष्ठले अमेरिकाबाट पठाएको भिडियो क्लिप्स पत्रकार सम्मेलनमा देखाइएको थियो । नुर्जाले चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको भन्दै बिषयवस्तु पनि उत्कृष्ट भएको दाबी गरिन् । चलचित्रमा मनन सापकोटा, शिविर पोख्रेल पनि मुख्य भूमिकामा छन् ।

निर्देशक आशिष श्रेष्ठले चलचित्रको कथावस्तु फरक भएको भन्दै यस्तो बिषयमा चलचित्र निर्माण नभएको बताए । ३ जना साथीको अमेरिकाका विभिन्न स्थानको यात्राको रमाइलो कथालाई पर्दामा उतारिएको निर्देशकले बताए । युवा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई केशव खड्काले लेखन तथा निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment