११ असोज, काठमाडौं । गत बर्षको भूकम्प र भारतीय नाकाबन्दीका कारण सिथिल भएको स्मार्टफोन बजार यो बर्ष एकाएक तातेको छ । सामसुङ, हुवावे, जियोनी, कलर्सजस्ता पुराना हस्तीलाई चुनौती दिन एकैपटक अन्तर्राष्ट्रिय बजारमा ख्याती कमाएका ठूला स्मार्टफोन ब्राण्डहरु लगभग एकैपटकजसो नेपाली बजारमा प्रवेश गरेका छन् ।
दशैं-तिहारजस्ता मुख्य चाडमा अघि आएका यी स्मार्टफोनका कारण फेरि एकपटक स्मार्टफोन बजारमा गर्माएको छ भने उपभोक्ताले थप आर्कषक सुविधासहितका स्मार्टफोनका किन्न धेरै छनौट पाएका छन् ।
दशैं लाग्नुभन्दा झण्डै एक महिना अगाडि नेपाली बजारमा आएको जेडटीइले लामो समय चुपचाप बसेको स्मार्टफोन बजारमा नयाँ तरङ ल्याइदियो । त्यसलगत्तै बिश्वकै चौथो ठूलो स्मार्टफोन निर्मार्ता ओप्पोले धमकेदार इन्ट्री मार्यो । लगत्तै अर्को चिनियाँ ब्राण्ड मिजुले नेपाली बजारमा औपचारिक प्रवेश गर्यो भने अमेरिकी ब्राण्ड इनफोकसले पनि नेपाली बजारमा बिक्रि सुरु गरिसकेको छ ।
ओप्पो
स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल केही समय अगाडि मात्रै भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका पि्रमियम स्मार्टफोन नेपाली बजारमा समेत बिक्री हुन थालेका छन् । ओप्पोले नेपालमा पहिलोपटकमै ३ वटा मोडलका स्मार्टफोन सार्वजनिक गर्दै बोल्ड इन्ट्री मारेको छ ।
ओप्पाले नेपालमा एफ वान एस, ए-३७ र नियो-७ स्मार्टफोन बिक्रि सुरु गरेको छ । त्यसमध्ये सवैभन्दा धेरै उपभोक्ताको ध्यान तान्न सफल भएको छ- सेल्फी क्रान्तिका लागि लोकपि्रय एफवानएसले ।
१६ मेगापिक्सेल क्यामेरा भएको यो फोन पि्रमियम फोन भएपनि ३२ हजार रुपैयाँमै उपलब्ध छ । पछिल्लो समयमा एशियाली बजारमा एप्पल र सामसुङलाई कडा चुनौती दिइरहेको ओप्पोले नेपालमा पनि त्यही लय पछ्याने संकेत देखाइसकेको छ ।
ओप्पोले अघिल्लो बर्षको तुलनामा झण्डै १३६ प्रतिशतको बृद्धि हाँसिल गर्दै दोस्रो त्रैमासमा दुई करोड २६ लाख सेट स्मार्टफोन बिक्रि गर्न सफल भएको इन्टरनेशनल डाटा कर्पोरेसनको जुलाई पहिलो साता प्रकाशित तथ्याङ्कले जनाएको छ ।
ओप्पोका नियो-७ र ए-३७ पनि उत्तिकै आकर्षक स्मार्टफोन हुन् । नेपाल भित्रिएका फोनहरुका विशेषताले धेरैलाई लोभ्याउनेमा कम्पनी विश्वस्त रहेको छ । नेपाली बजारमा एफवान एसको मूल्य ३२ हजार ३ सय ९० रुपैयाँ निर्धारण गरिएको छ भने ए-३७ को २१ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ । यसैगरी नियो-७ को मूल्य १४ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
मेजु
ओप्पो नेपाल प्रवेश गरेको एक साताभित्रै आइपुग्यो अर्को चिनियाँ स्मार्टफोन ब्राण्ड-मेजु । चीनमा उत्कृष्ट १० स्मार्टफोन निर्मातामध्ये पर्ने मेजु २ वटा मोडलसहित नेपाली बजारमा प्रवेश गरेको छ । सुलभ मूल्यमा स्तरीय स्मार्टफोन बोक्न चाहानेका लागि मेजु विकल्पका रुपमा नेपाली बजारमा प्रवेश भएको कम्पनीको दाबी छ ।
मेजुले एन्ड्रोइड अपरेटिङ सिस्टमलाई कस्टुमाइज गरी ‘ˆलाईमी ओएस’ तयार पारेको छ जुन ओर्जिनल एन्ड्रोइडभन्दा प्रयोगकर्तामैत्री र आर्कषक लाग्छ । मेजुले हाल ˆलाइमी ओएसको पाँचौ संस्करणमा फोनहरु बनाइरहेको छ जुन एन्ड्रोइड ललिपप र मार्सेमल्लोमा आधारित छ । मेजुले नेपालमा सार्वजनिक गरेका दुई मोडलमध्ये एक हो- एम थ्री नोट ।
५.५ इन्चको स्त्रिmन रहेको यो फोनको मूल्य २४ हजार ९ सय ९५ रुपैयाँ छ । यसमा ३ जिबीको र्याम, ३२ जिकीको रोम र १२८ जिबीको एक्पान्डेबल कार्ड राख्न मिल्छ । यसैगरी एम थ्री एसमा १३ मेगा पिक्सलको रेयर क्यामेरा रहेको यो स्मार्टफोनमा ५ मेगापिक्सलको प|mन्ट क्यामेरा छ । ५ इन्चको स्त्रिmन रहेको एम थ्री एस पनि उत्कृष्ट फिचर्स भएको स्मार्ट फोन हो । एमथ्री एसको मूल्य भने २१ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ ।
जेडटीइ
चिनियाँ सरकारी कम्पनी जेडटीइले पनि आफ्ना स्मार्टफोन नेपाली बजारमा बिक्रि गर्न सुरु गरेको छ । पछिल्लो समयमा जेडटीइका स्मार्टफोन युरोपेली बजारमा समेत राम्रै प्रतिस्पर्धामा उत्रिइरहेका छन् । चिनियाँ स्मार्टफोन भए पनि जेडटीइको डिजाइन अमेरिकामा हुन्छ भने बिश्वब्यापी बजारीकरणमा यसले प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाली बजारमा यो अहिले जेडटीइ स्मार्टफोनका ६ वटा मोडलको सेटहरु बिक्री भइसकेको छ । नेपाली ग्राहकलाई सुहाउँदो मूल्य भएकै कारण जेडटीइका स्मार्टफोनले ग्राहकको मन जित्न सफल भइसकेको कम्पनीको दाबी छ ।
कम्पनीले मध्मस्तरीय ग्राहकको हातहातमा स्मार्ट फोन होस भन्दै नेपालमा ८ हजार ४ सय ९ रुपैयाँको ब्लेड एल फाइभ देखि मंहगोमो २६ हजार ५ सय रुपैयाँ पर्ने ब्लेड एस सेभेन प्रवेश गराएको छ । ब्लेड एल फाइभमा ५ इन्चको डिस्प्ले छ भने ब्लेड एस ७ मा पनि ५ इन्चकै डिस्प्ले रहेको छ ।
ब्लेड एल फाइभमा २ जीबी र्यामको साथमा १६ जीबीको इन्टरनल स्टारेज क्षमता रहेको छ । ब्लेड एस सेभेनमा भने ३ जीबीको र्यामको साथमा ३२ जीबीको इन्टरनल स्टोरेज क्षमता छ ।
यसै गरी कम्पनीले नेपालमा विक्री गरिरहेको ब्लेड डी ३ को मूल्य १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै गरी ब्लेड एस सिक्सको मूल्य १५ हजार ९ सय ९०, ब्लेड डी टुको १० हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी ब्लेड एल फाइभ एस प्लसको भने ९ हजार ९ सय ९० रुपैयाँ नेपाली मूल्य छ ।
इनफोक्स
अमेरिकी इलेक्ट्रोनिक्स कम्पनी इनफोकसले उत्पादन गर्ने ‘इनफोकस’ ब्राण्डका स्मार्टफोन पनि दशैंको ठिक अगाडि नेपाली बजारमा विक्रि हुन थालेका छन् । इनफोकस अमेरिकी ब्राण्ड भएपनि यसको मुख्य ध्यान एशियाली बजारमै देखिन्छ ।
भारतीय बजारमा समेत इनफोकसका स्मार्टफोन बिक्रि भइरहेका छन् । इनफोकस स्मार्टफानेको आधिकारिक लन्च भने नेपालमा दशैंपछि हुने बताइएको छ ।
नेपाली बजारमा अहिले इनफोकसका एम ३७० आइ र एम ८०८ आइ गरी दुई मोडल विक्रि सुरु भइसकेको छ । एम ३७०आइको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4