Comments Add Comment

मुगुमा ६ महिनादेखि बन्द रेडियो नेपालको प्रशारण पुनः सुरु गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

Radio-Nepal-relay-station-m

१२ असोज, मुगु । सूचना तथा सञ्चारमन्त्री राम कार्कीले ६ महिनादेखि बन्द रहेको मुगुस्थित रेडियो नेपालको रिले स्टेसन सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०६६ सालमा मुगुको राराताल नजिकै मुर्माटपमा स्थापना गरिएको रिले स्टेसनमा गत चैतमा अज्ञात समूहले आक्रमण गरी क्षतिग्रस्त बनाएको थियो ।

त्यसयता रेडियोको प्रशारण बन्द हुँदा कर्णाली अञ्चल लगायत बाजुरा जिल्लाका श्रोताहरु रेडियो नेपालको पहुँचबाट बञ्चित भएका थिए ।

क्षतिग्रस्त रिले स्टेसनको अवलोकन गर्दै सञ्चारमन्त्री राम कार्कीले करीव ३ हजार ६६० मिटरको उचाइमा रहेको मुर्माटपमा रिले टावर लगायत सञ्चारका अन्य प्रविधि समेत राख्न उपयुक्त ठाँउ भएको बताए ।

रेडियो नेपालका निर्देशक सुरेश कुमार कार्की लगाएत सञ्चार मन्त्रालय र रेडियो नेपालका विशिष्ट अधिकारीहरुले पनि क्षतिग्रस्त रेडियो संरचनाको अवलोकन गरेका थिए ।

मन्त्रीले मुर्माटपमा यथासक्य चाँडो क्षतिग्रस्त मेसिनहरु मर्मत गरी प्रशारण सुचारु गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment