Comments Add Comment

दीपाश्रीको ‘आजको डायरी’: बिहेको सपिङमा व्यस्त

deepa shree ko aaja ko diary
हिजो बेलुकी भैरहवाबाट आएकाले म बिहान ७ बजेमात्र उठेँ । बिहान उठ्ने वित्तिकै फ्रेस भएपछि प्रणायम र मेडिटेशन गर्ने बानी छ । सफलता धेरै पाउँदा मान्छेलाई अझ धेरै मेडिटेशनको आवश्यकता पर्दो रहेछ । दीपकले यो आइडिया दिएपछि अहिले मैले दैनिक २० मिनेट योगा गर्दै आएको छु । योगा सकेपछि मलाई दुध हालेको चिया पिउनै पर्छ । म ग्रीन टी पिउन सक्दिन ।

बिहानको खाना खाएपछि करिब ११ बजेतिर भाइको बिहेका लागि कपडा तयार पार्न जानु थियो । बिहान २ वटा बुटिक पुगियो । आफ्ना लागि, भाई-बहिनीका लागि लेहेङ्गा, सारी र अरु कपडा बुटिकमा अर्डर दिने काम भयो । यसपछि, नयाँ पत्रिकाको एउटा विज्ञापनका लागि दीपक र मैले डबिङ गर्नुपर्ने थियो । त्यसमा केही समय बित्यो ।

चलचित्रको काम सकिएपछि हामी सम्पादन गरिएको स्थानमा गएका थिएनौ । यसैले, वीजी वीमा विपिन मल्लाई भेट्न पुग्यौ । विपिनजीले केक काट्नुपर्छ भन्दै हुनुहुन्थ्यो, तर अहिले नै केक काट्दा फेरि चलचित्र चल्न छाड्ला कि भन्ने पिर पनि थियो । यसैले पछि केक काट्ने भन्दै दीपक र म निस्कियौँ ।

भाइको बिहेको रौनकले छोएका कारण बुहारीका लागि सुन किन्न गएँ । करिब १० तोला सुन किनियो । भाइको बिहे विराटनगरबाटै गर्दैछौ । तर, सपिङ काठमाण्डौमा चलिरहेको छ । यो सकेर म र दीपक अहिले काठमाण्डौको सीटीसी मलमा आइपुगेका छौं । सीटीसी मलका संचालकले चलचित्र ‘छक्का पन्जा’का कलाकारसँग बसेर चलचित्र हेर्ने कार्यक्रम राख्नु भएको छ । केही मिडियाका साथीहरुसँगै बसेर चलचित्र हेर्ने कार्यक्रम छ ।

यही खाना खाने कार्यक्रम पनि छ । खाना खाएर सिधै घर जान्छु । हिजो भैरहवा पुगेर आएपछि त्यहाँबाट राम्रो प्रतिक्रिया आइरहेको छ । चलचित्र निकै राम्रो चलेको छ, यसले अझ खुशी दिएको छ ।

म प्राय ११ बजे सुत्छु । अनलाइन, फेसबुकमा आएका सबै खालका समाचार पढेर, शेयर गर्नुपर्ने गरेर मात्र सुत्ने बानी छ अहिले । आजको दिनलाई म ५ मा ४ अंक दिन्छु । किनकी, आज धेरै पैसा सकिएको छ नी त(हा.हा.हा.) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment