१३ असोज, काठमाडौं । व्यवस्थापिका संसदमा सांसदहरुलाई भन्सार छुटका गाडी माग भएको छ ।
संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद प्रेम किशोर साह तेलीले सांसदहरुलाई गाडी माग गरेका हुन् । सांसदहरु टेम्पो कुरेर बस्न नसक्ने भन्दै उनले १५ वर्षसम्म बेच्न नपाउने गरी भन्सार छुटको गाडी माग गरेका छन् ।
साथै उनले सांसदहरुको तलब भत्ता बढाउन पनि माग गरे । पत्रपत्रिकामा सांसदहरुको तलब भत्ता बढ्यो भन्ने आएको तर, आफूहरुले भने केही नपाएको उनले दाबी गरे ।
उनले भने, ‘०५१ सालको साढे ६ हजार घर भाडा छ । अहिले पनि २०० भत्ता छ । कर कटाउँदा १७० रुपैयाँ पाउँछ ।’