१३ असोज, काठमाडौं । बजेट आश्रित विधेयक पारित गर्न संसदको नियमावली निलम्बन गर्दा जनप्रतिनिधिको अधिकार निलम्बन भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ती जनाएको छ ।
व्यवस्थापिका संसदमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले सरकारले गम्भीर भूल गरेको पनि बताए ।
‘नियमावली निलम्बन गर्दा संसदको अधिकार निलम्बन भएको छ, जनप्रतिनिधिको अधिकार निलम्बन भएको छ, जनताको अधिकार निलम्बन भएका छन् । के यो प्रचलन ठीक हो ?’ अधिकारीले प्रश्न गरे, ‘अर्थमन्त्रीज्यूले भन्नुभयो विशेष परिस्थिति आयो । के त्यस्तो विशेष राजनीतिक परिस्थिति थियो ? यसलाई विशेष परिस्थिति भनियो भने गम्भीर भूल हुनेछ ।’
उनले संसदलाई केटाकेटीको खेल जस्तो नठान्न सरकारलाई चेतावनी पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4