Comments Add Comment

माओवादी पत्रकारको भेलामा प्रचण्डले बोल्दा ‘हुन्न’ भन्दै हुटिङ

Press-Center१४ असोज, काठमाडौं । माओवादी सम्बद्ध पत्रकारहरुको संगठन प्रेस सेन्टर भेलामा पार्टी अध्यक्ष एव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्दा हुटिङ भएको छ ।

कार्की पार्टी प्यालेसमा जारी बन्दसत्रलाई सम्बोधन गर्दे प्रचण्डले अहिलेकै नेतृत्वलाई निरन्तरता दिने वा युवा पुस्तालाई ल्याउने विकल्प रहेकेा बताए । उनले यसो भन्दा सहभागीहरले धेरैबेर ताली बजाए । र, प्रचण्ड पनि बोल्न रोकिए ।

त्यसपछि प्रचण्डले तर…भन्दै पार्टी एकताको भाव र बाध्यतालाई बुझ्नु पर्ने भएकाले सिनियरलाई नेतृत्व दिन सुझाए । पार्टी पोलिटव्यूरो सदस्य महेश्वर दाहाल तर्फ संकेत गर्दै उनले सिनियरले केही महिना अविभावकत्व गर्ने र त्यसपछि युवालाई नेतृत्व दिने बताए ।

हलमा सहभागीले भने प्रचण्डको यो प्रस्तावलाई अस्वीकार गर्दै ‘हुँदैन’ भनेर हुटिङ गरेका छन् ।

प्रचण्ड आफ्ना कुरा राखेर बाहिरिएपछि वर्षमान पुन अनन्तले बोले । उनी बोलिरहँदा अधिकांश सहभागी हल्ला गर्दे हलबाट बाहिरिएका छन् । र, अहिले बन्दसत्र स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment