१४ असोज, काठमाडौं । प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ ।
‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्याउने खालका कमेन्ट कोही कसैबाट नहुन/नगराउन हुन अनुरोध गर्छौं’ अपराध अनुसन्धान विभागले भनेको छ ।
यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4