Comments Add Comment

कोरिया लैजान्छु भन्दै ठगी, निर्मल श्रेष्ठ पक्राउ

Hatkadi

१४ असोज, काठमाडौं । खाडी, मलेसिया र युरोपमा कामका लागि लैजाने भन्दै ठगी मौलाउँदो छ । अब कोरियाका नाममा पनि मानव तस्करहरुले ठगी धन्दा सुरु गरेको पुष्टी भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले कोरिया लैजाने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । नक्कली भिसा बनाएर कोरिया पुर्‍याएर एक युवालाई अलपत्र पार्ने बुढानिलकण्ठ-२ बस्ने निर्मल श्रेष्ठलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले सोलुखुम्बुको गुदेल-४ का आङधानु शेर्पा समेतका व्यक्तिहरुलाई श्रेष्ठले कोरियामा लगेर अलपत्र पारेका थिए । पानी जहाजमा काम गर्न प्रति महिना १ लाख रुपैयाँ तलब आश्वसन दिँदै युवालाई कोरिया पुर्‍याइएको थियो । भारतबाट सजिलो तरीकाले लैजाने भन्दै हुण्डीमार्फत १८ लाख ४० हजार लिएर ठगी गरेका थिए ।

ती युवालाई भारतबाट हङकङ हुँदै कोरिया पुर्‍याइएको थियो । तर, कोरिया इमिग्रेशनले नक्कली भिसा भएको भन्दै नेपाल फर्काइदिएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए ।

प्रहरीले विशेष टोलीले श्रेष्ठलाई ललितपुरको इमाडोलस्थित खरिबोटबाट पक्राउ गरेको हो ।उनलाई कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगरमा पठाइएको छ ।

श्रेष्ठले यसैगरी भारतमा बसी धेरै व्यक्तिहरुबाट रकम लिएर ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment