Comments Add Comment

बल्ल पायो गजितको ‘गल्ली’ले हल

gajit bista first look in galli
निर्माण भएको लामो समयसम्म पनि प्रदर्शनमा अलमल भएको चलचित्र ‘गल्ली’ले बल्ल प्रदर्शन मिति तोकेको छ । यो चलचित्र कात्तिक १९ गतेबाट रिलिज हुने भएको छ । राजन चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

चलचित्रमा गजित बिष्ट , नवराज राउत , स्वेता भट्टराई , नन्दु श्रीबास्तव,  ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रको सार्वजनिक पोष्टरमा नायक गजित बिष्टलाई जुँगे प्रहरी अफिसरको रुपमा प्रस्तुत गरिएको छ । चलचित्रका गीतमा ओम सुनार र टंक बुढाथोकीको संगीत सुन्न सकिने छ ।

प्रदर्शन मिति सार्वजनिक भएसँगै चलचित्रको फस्टलुक पनि रिलिज गरिएको हो । यो चलचित्रलाई नायक बिष्टले पनि खुबै प्रतिक्षा गरेका थिए । तर, विभिन्न कारणले चलचित्रको रिलिज नहुँदा गजितलाई पनि केही अप्ठ्यारो भएको थियो । सायद, ‘गल्ली’ रिलिजले गजितको करिअरमा केही इट्टा थप्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment