+
+
Shares

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ जना मृत भेटिएका छन् ।
  • मोरङको पथरी शनिश्चरे नगरपालिका–८ डाँस खोलामा ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत फेला परेका छन् ।
  • सर्लाहीको बलरा, बर्दियाको राजापुर र डोटीको शिखरमा शनिबार अज्ञात तीन पुरुष मृत अवस्थामा भेटिएका छन् ।

७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता, बर्दियाको राजापुर नगरपालिका–८ पुरैनास्थित खेतको कुलोमा सोही नगरपालिका–८ फत्तेपुर बस्ने ७१ वर्षीय भक्तराम जैसी काफ्ले शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सबै घटनाबारे छुट्टाछुट्टै रूपमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?