+
+
Shares

विभिन्न ५ जिल्लामा ६ जना व्यक्ति मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशका रूपन्देही, सुनसरी, सिरहा, रूकुम पूर्व र सिन्धुलीमा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
  • रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ मा दानो नदी छेउमा अन्दाजी ६ वर्षीया बालिका शनिबार मृत अवस्थामा भेटिएकी छिन् ।
  • सुनसरी, सिरहा, रूकुम पूर्व र सिन्धुलीमा क्रमशः ३० वर्षीय राजाराम ऋषीदेव, अज्ञात शव, ३४ वर्षीय पुरुष, ६० वर्षीय बिर बहादुर पुन र ६३ वर्षीय मंगोलधोज थिङ मृत फेला परेका छन् ।

७ भदौ, काठमाडौं । देशका विभिन्न जिल्लामा ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले आइतबार दिउँसो जारी गरेको बुलेटिन अनुसार, रूपन्देही, सुनसरी, सिरहा, रूकुम पूर्व र सिन्धुलीमा गरेर ६ जना व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार, रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित दानो नदीको छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६ वर्षीया बालिका शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका–९ बस्ने ३० वर्षीय राजाराम ऋषीदेव र बराहक्षेत्र नगरपालिका–९ राजाबास नोजस्थित सप्तकोशी नदीको किनारमा पहिचान नखुलेको शव फेला परेको हो ।

राजारामको शव सोही ठाउँस्थित संखरपुर शाखा नहरको छेउमा शनिबार मृत अवस्थामा फेला परेका हो भने अन्दाजी ३५ वर्षीया महिला सप्तकोशी नदी किनारमा मृत भेटिएकी हुन् ।

सिराहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा चोकस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३४ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, रूकुम पूर्वको भूमे गाउँपालिका–८ कुचिबाङ बस्ने ६० वर्षीय बिर बहादुर पुन सोही ठाउँस्थित कुचिबाङ खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुलीको मरिण गाउँपालिका–२ बस्ने ६३ वर्षीय मंगोलधोज थिङ सोही गाउँपालिका–३ भालुमारा मरिण खोला छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?