0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला

महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको सम्सी गाउँपालिकामा शुक्रबारदेखि हराएका ३ वर्षीय बालक मनिकेश यादवको शव पोखरीमा बोराभित्र फेला परेको छ ।
  • शव बोरामा फेला परेकाले हत्याको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
  • जलेश्वर नगरपालिकाका दुई बालक क्रमशः जेठ ७ र १४ गतेदेखि हराइरहेकाले उनीहरूको खोजी भइरहेको छ ।

२५ जेठ, जलेश्वर (महोत्तरी) । महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो ।

पोखरीमा तैरिरहेको बोराभित्र राखेको र बच्चाको खुट्टादेखि रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले बालक मृत अवस्थामा फेला परेको हो । शव बोरामा राखिएको अवस्थामा फेला परेकाले हत्या भएको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले बताए ।

यहाँको जलेश्वर नगरपालिका–१२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव गत जेठ ७ र वडा नं ६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल गत जेठ १४ गतेदेखि हराइरहेका छन् । दुवै जनाको खोजी भइहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?