Comments Add Comment

बाढी पहिरो पीडितलाई भूकम्प पीडित सरह राहत दिने प्रधानमन्त्रीको उद्घोष

Prachanda

१५ असोज, नेपालगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी तथा पहिरो पीडितलाई भूकम्प पीडित सरह राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय गौरवको योजनाको निर्माण स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा शनिबार बाँकेको सिक्टा सिचाईको मुल बाँध रहेको अगैया पुगेका थिए । उनले भने, ‘सरकारले भूकम्प पीडितलाई दिएको बराबरको राहत यहाँका बाढी पहिरो पीडितलाई दिने घोषणा गर्छु ।’

पैसा हुने तर खर्च नहुने परिपाटीले देश सँधै पछाडि परेको छ, खर्चका लागि मेहनत गर्नुस्, पैसा हामी पठाईदिन्छौं

प्रधानमन्त्री प्रचण्डले बाढी पीडितले कहिले सो राहत पाउने हुन भने स्पष्ट पारेनन् । सरकारले भूकम्प पीडितलाई ३ लाख नगद अनुदान दिने निर्णय गरेको छ भने सहुलियत ऋणसहित ८ लाखसम्मको प्याकेज अघि सारेको छ ।

संविधानको कार्यान्वयनका लागि सबै दलहरुको सहमतिमा पहिलो चरणमा सात प्रदेशको उच्च अदालतको स्थापना र केन्द्र तोक्ने काम गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘कही कतै असन्तुष्टि पनि देखिएका छन्, विस्तारै हराउँदै जान्छन् ।’

मेहनत गर्नुस्, पैसा हामी पठाईदिन्छौं

राम्रो काम गर्ने कर्मचारीलाई सरकारले प्रोत्साहन गर्ने भन्दै उनले विकासको काममा खटिएका कर्मचारीलाई निधक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणको काम निर्धारित समयभित्रै पुरा गर्नुस् तर, गुणस्तर र पारदर्शितालाई पनि ध्यान दिनुहोेस् ।’

बांँकेका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले विकास आयोजनालाई निर्धारित समय भन्दा पहिले सम्पन्न गर्न युद्धस्तरका काम गर्नुपर्ने वताए । कामको लागि सरकारले वातावरण दिने भन्दै उनले भने-‘अव देशमा सकरात्मक कुराको मात्र प्रतिस्पर्धा हुनुपर्छ ।’

आयोजनाको काम सन्तोषजनक भएपनि निर्धारित समयभन्दा पहिले सम्पन्न गर्न गति बढाउनु पर्ने उनले बताए । प्रधानमन्त्रीले भने, ‘अहिलेसम्म मात्र ४७ प्रतिशत काम भएको छ । आगामी ४ वर्षभित्रमा यो आयोजना सक्काउनु पर्नेछ ।’

विकासको लागि केन्द्रको ढुकुटीमा उल्लेख्य पैसा भएपनि खर्च गर्न नसकेको कारण विकासमा पछाडि परेको भन्दै उनले भने, ‘पैसा हुने तर खर्च नहुने परिपाटीले देश सँधै पछाडि परेको छ, खर्चका लागि मेहनत गर्नुस्, पैसा हामी पठाईदिन्छौं ।’

राजनीतिक परिवर्तन भएपनि जनताको जीवनमा परिवर्तन हुने खालका काम गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment