Comments Add Comment

काठमाडौँ–नुवाकोट पत्रकार समाज गठन

nuwakot_patrakar१६ असोज, काठमाडौँ,। नुवाकोटबाट कठमाडौँ आई विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको पहिलो भेलाले काठमाडौँ–नुवाकोट पत्रकार समाज गठन गरेको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ जिल्ला सचिव रामकृष्ण अधिकारीको सभापतित्वमा आज यहाँ सम्पन्न ५२ पत्रकारको भेलाले पत्रकार दिनेश आचार्यको अध्यक्षतामा नौ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा दयानिधि भट्ट, सचिवमा रामचन्द्र अर्याल, सहसचिवमा हरि लामिछाने, कोषाध्यक्षमा कमला नेपाल तथा सदस्यहरुमा नवराज अधिकारी, राजकुमार सिग्देल, भैरवी ढुङ्गाना र शिव बोहोरा छन् ।

भेलामा वरिष्ठ पत्रकार आनन्दराम आचार्यले पत्रकारिता पेसामा सक्रिय भएर लागेका पत्रकारको समूह बनाएर अगाडि बढ्दा विभिन्न विषयलाई गतिशील बनाउन सकिने बताए ।

त्यसैगरी, अर्का अग्रज पत्रकार श्याम रिमालले पत्रकारितामा संलग्न नुवाकोटका पत्रकारमार्फत आफ्नो गाउँ ठाउँलाई विश्वसामु चिनाउन सकिने र आफ्नो पनि परिचय अझ बढाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment