+
+
Shares

चीनले रोक्यो ब्रम्हपुत्रको सहायक नदी प्रवाह

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते ७:४८

yarlung-tsangpo-grand-canyon१६ असोज, काठमाडौं । भारत र पाकिस्तानबीच पछिल्ला केही दिनयता बढ्दो तनावकाबीच चीनले आफ्नो सवैभन्दा महँगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ ।

भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रका पानीको प्रवाह कम हुने आकलन गरिएको छ ।

यसअघि भारतले पाकिस्तानसँग सिन्धु सम्झौताको समिक्षा गर्नुपर्ने बताउँदै सिन्धु नदी सम्झौताका विषयमा नियमित छलफल तोडेको थियो । उक्त समय चीनले ब्रहृपुत्र नदीको प्रवाह रोक्ने चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हृवाले जनाएअनुसार ब्रम्हपुत्र नदीको सहायक नदी सियाबुकुमा निर्माणाधीन लाल्हो परियोजना निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?