Comments Add Comment

छोराको बिहेमा बाबुआमालाई गाडीमा बाँधेर सहर परिक्रमा

आफ्नो छोराको बिहे बाबुआमाका लागि निकै ठूलो खुसीको अवसर हो । तर त्यहीँ छोराको बिहेमा बाबुआमालाई बाँधेर सहर परिक्रमा गराइयो भने के होला ?

marridgeसायद यदि नियतबस कुनै छोराले आफ्नो बिहेमा बाबुआमालाई बाँधेर सहर परिक्रमा गरायो भने त त्यो भन्दा ठूलो अपमान के पो होला र ? तर आखिर संस्कार र परम्परा नै यस्तो भएपछि चाहीँ कसैको केही लाग्दो रहेनछ ।

हो चीनमा यस्तै परम्परा छ । जहाँ छोराको बिहेमा बाबुआमालाई डोरीले गाडीमा बाँधेर सडकमा हिडाएर सहर घुमाइन्छ, जबकी त्यो गाडी बेहुलो छोराले नै चलाएको हुन्छ । यसरी बेहुलाको बुवालाई बाँधेर सहर परिक्रमा गराउने परेडमा थुप्रै मानिस सहभागी हुन्छन् ।

चीनको हेनान प्रान्तमा रहेको यो अनौठो परम्परा सुन्नेलाई नै निकै दयालाग्दो छ । यसरी छोराले गाडीमा बाँधेर सहर परिक्रमा गराइरहँदा ती गाइगोरुजस्तै बाँधिएर लुरुलुरु हिँडिरहेका बुवा आमालाई उनीहरुका साथी तथा आफन्तले खिसिट्युरी गरेर तथा जिस्काएर हैरान बनाउँछन् ।

तर यसरी बाँधिएर सडकमा घुम्दा तथा दुनियाले जिस्काउँदा पनि बेहुलाका मातापिताले पटक्कै दुख मान्दैनन् । परम्परा निभाउन पाउँदा आनन्द मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment