+
+
Shares

संस्थानले तोक्यो खसी र च्याङ्ग्राको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते ११:३९

१६ असोज, काठमाडौं । नेपाल खाद्य संस्थानले आज आइतबारदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्दैछ । संस्थानले आफूले बिक्री गर्ने खसीबोका र च्याङ्ग्राको मूल्य पनि तोकेको छ ।

Khasiमनाङबाट पहिलो लटमा ल्याइएको ७ सय ५० च्याङ्ग्रा र तराइबाट भित्रिएको ४ सय जिउँदो खसीबोकाको बिक्री सुरु गर्न लागिएको हो ।

काठमाडाैंको थापाथलिस्थित बाग्मती अञ्चल खाद्य गोदामबाट दिउँसो २ बजेदेखि बिक्री सुरु गर्न लागिएको संस्थानका प्रवक्ता पवन कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

तराईबाट थप खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा पनि काठमाडौं ल्याइँदैछ ।


मूल्य कति तोकियो ?

संस्थानले जिउँदा च्याङ्ग्रा र खसीबोकाको मूल्य पनि निर्धारण गरेर सार्वजनिक गरेको छ । संस्थानसँग २५ किलोसम्मको जिउँदो खसी किन्दा प्रतिकिलो ४ सय ४० रुपैयाँ पर्नेछ ।

यस्तै २५ किलो भन्दा माथिको जिउँदो खसीको मूल्य प्रतिकिलो ४ सय ५० रुपैयाँ कायम गरिएको छ । यसैगरी जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ कायम भएको प्रवक्ता खनालले जानकारी दिए ।

यसवर्ष खसी किलोको गतवर्षभन्दा १५ रुपैयाँसम्म महंगिएको छ भने च्याङ्ग्रा पनि किलोको ३० रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?