
२५ वैशाख, काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा सवारी साधन ठोक्किएका छन् । एउटा बस, एउटा भ्यान र एउटा मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएकी एकजना महिलाको अवस्था चिन्ताजनक छ । उनलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिभिल अस्पताल पुर्याइएको छ ।
दुर्घटना आज बिहान करिब सवा ६ बजेतिर भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4