Comments Add Comment

तपार्इँको खुसीमा लुकेको हुन्छ जिवनसाथीको स्वास्थ्यको राज

happy-couple1यदि तपाइँले आफ्नो जिवनसाथी स्वस्थ रहोस् भन्ने चाहनुहुन्छ भने आफुलाई सधै खुसी राख्नुहोस् । तपाइँको खुसीमा तपाइँको जिवनसाथीको स्वास्थ्य लुकेको हुन्छ ।

हालै गरिएको एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । अमेरिकामा १९ सय ८१ ज्ाोडीमा अध्ययन गरिएको थियो । जसमा सबै उमेरका मानिसहरुलाई सहभागी गराइएको थियो । शोधका क्रममा शोधकर्ताहरुले के पाए भने जो मानिसहरु आफ्नो हसिलो तथा सधै खुसी रहने जिवनसाथीसँग थिए उनीहरु तुलनात्मक रुपमा बढि स्वस्थ थिए ।

मिसिगन स्टेट युनिभर्सिटीका सहायक प्राध्यापक तथा उक्त अध्ययनको अगुवाइकर्ता विलियम चोपिक भन्छन्ः हामीले यो अध्ययनको आधारमा स्वास्थ्य तथा खुसीको बीचमा सामाजिक सम्बन्ध पत्ता लगाउने प्रयास गरेका छौँ ।

यसअघिका अध्ययनहरुले जो मानिस खुसी रहन्छ उसको स्वास्थ्य पनि अब्बल रहने देखाएका थिए । तर पछिल्लो अध्ययन एक कदम अघि बढ्दै मानिस खुसी हुँदा आफ्नो स्वास्थ्य मात्र होइन जिवनसाथीको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने देखाएको छ । यसका तिनवटा कारण रहेको ठम्याई शोधकर्ताहरुको छ ।

पहिलो, खुसी रहने जिवनसाथीले सामाजिक सहयोग प्रदान गर्दछ र अधिक देखभाल पनि गर्दछ । जबकी कम खुसी हुने मानिस केवल आफ्नै तनावले घेरिएको हुन्छ ।

दोश्रो, खुसी रहने मानिसहरुले आफ्नो आसपासका मानिसहरुका लागि पनि उत्तम वातावरण तयार गर्दछन् । जस्तै पोषणयुक्त खानेकुरा खानु खुवाउनु, व्यायाम गर्नु आदि । खुसी रहने मानिसहरुसँग बस्ने दोश्रो मानिसको जिवन पनि सजिलो बन्दछ ।

तेश्रो, खुसी रहने मानिसहरु सन्तुष्ट हुन्छन् । जबकी कम खुसी हुने मानिसहरु असन्तुष्ट हुन्छन् । यस्ता मानिसहरु छिटै खराब बानीव्यहोराकेा सिकार बन्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment