Comments Add Comment

‘लभ लभ लभ’ले पाउने छैन एक्लै हल, ‘राधे’ पनि वैशाख १ मै

radha vs love love love
शनिबार बेलुकी केही पत्रकारहरुसँग भेटघाट गर्दै चलचित्र ‘लभ लभ लभ’को निर्माणपक्षले नयाँ बर्षको पहिलो दिनलाई नै प्रदर्शन मिति तोकेका थियो । वि.सं २०७४ सालको वैशाख १ गते चलचित्र रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको हो । हिन्दी चलचित्र ‘बाहुबली’ २ साता पछि सरेपछि दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको प्रदर्शन मिति वैशाख १ मा तोकिएको हो ।

यो चलचित्रको मिति सार्वजनिक भएको समाचार मिडियामा आए लगतै चलचित्र ‘राधे’का निर्माता सुशिल पोख्रेलले वैशाख १ मा आफूहरुले पहिले नै मिति तोकेको बताएका छन् । चलचित्रको छायांकन अहिले पाल्पामा भैरहेको छ ।

वैशाख १ गते नयाँ बर्षको दिन २ नेपाली चलचित्रको भिडन्त हुने पक्का भएको छ । ‘लभ लभ लभ’ प्रदर्शन मिति तोक्दा निर्देशक खनालले अर्को नेपाली चलचित्र नभएको बताएका थिए ।

तर, निर्माता सुशिल पोख्रेलले ‘निखिल उप्रेती, प्रियंका कार्की अभिनित आफ्नो चलचित्र ‘राधे’ पनि वैशाख १ मै आउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment