Comments Add Comment

उच्च शिक्षाको गुणस्तर सुधार्न मन्त्रालय असफलः शिक्षामन्त्री पौडेल

१७ असोज, काठमाडौं । शिक्षामन्त्री धनिराम पौडेलले उच्च शिक्षाको गुणस्तर सुधार्न शिक्षा मन्त्रालय असफल भएको बताएका छन् । मन्त्रालय विद्यालय शिक्षामामात्र सीमित भएको उनको भनाइ छ ।

DR-Paudelमहिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिको सोमबारको बैठकमा मन्त्री पौडेलले उच्च शिक्षाको गुणस्तर सुधारका लागि जे प्रयत्न गर्नुपर्ने हो, त्यो गर्न मन्त्रालयले नसकेको बताए ।

मन्त्रालयले आफूलाई मावि विद्यालय मन्त्रालयमा सीमित गरेको परिणाम उच्च शिक्षाको गुणस्तर खस्किएको टिप्पणी गरे । मन्त्रालयले सही शिक्षा नीति अवलम्बन नगर्दा स्नातकोत्तर पास गरेकाहरु पनि बेरोजगार बस्नुपरेको उनको भनाइ छ ।

उच्च्ा शिक्षा सुधारका लागि हस्तक्षेप जरुरी रहेको उनको भनाइ छ । उनले सरोकारवालासँग सुझाव लिएर ठोस निर्देशन दिन समितिका सदस्यहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment