Comments Add Comment

नाना पाटेकरले भने-‘असली हिरो आर्मी हुन्, सलमान होइनन्’

NEW DELHI, INDIA - FEBRUARY 25: Indian actor Nana Patekar during promotion of his upcoming film The Attacks of 26/11 at PVR Rivoli on February 25, 2013 in New Delhi, India. The Hindi crime-thriller film is based on the 2008 Mumbai attacks. (Photo by Manoj Verma/Hindustan Times via Getty Images)

भारतमा यतिबेला बलिउडका विभिन्न कलाकार राजनीतिक दल र आफ्नै सहकर्मीको निशानामा परिरहेका छन् । विशेषगरि, पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न दिन हुन्छ या हुँदैन भन्ने बिषयमा बलिउड कलाकारविच नै मत बाँझिएको छ । भारत र पाकिस्तानविच लफडा सुरु भएपछि यो विवाद अगाडि आएको हो ।

नायक सलमान खानले पाकिस्तानी कलाकार आतंकवादी नभएको भन्दै उनीहरुलाई काम गर्ने अनुमती भारत सरकारले नै दिने गरेको बताएका थिए । यसपछि, सलमानको विरोध भारतभर भैरहेको छ ।

बलिउडका चर्चित कलाकार नाना पाटेकरले पनि सलमान खानको बयानलाई लिएर सनसनीपूर्ण बयान दिएका छन् । नानाले भनेका छन्-‘देशको असली हिरो भनेको आर्मी हुन् । जसले देशका लागि आफ्नो ज्यानको बाजी समेत लगाएका छन् । पर्दामा देखिने हिरोहरु खासमा केही पनि होइनन् । उनीहरुको बयानलाई महत्व दिन जरुरी नै छैन ।’

नानाले सलमानको नाम नलिई आफूले कसको बारेमा कुरा गरिरहेको छु भनेर पत्रकारलाई नै प्रतिप्रश्न गरेका थिए । नानाले आफूले पनि डेढ बर्ष आर्मी पेशामा काम गरेको भन्दै उनीहरु नै देशका वास्तविक नायक भएको बताए । पर्दामा देखिने नायक रियल लाइफमा केही पनि होइनन् भन्ने आशयको बयान उनले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment