१८ असोज, भक्तपुर । रक्षामन्त्री बालकृष्ण खाँडले यसअघिको सरकारले तय गरेको सुरक्षा नीति अपुरो रहेकाले परिमार्जन गर्ने तयारी गरिएको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खाँडले देशको सुरक्षा अवस्थालाई मजबुद पार्न सुरक्षा नीतिको परिमार्जनको तयारी भइरहेको बताए ।
नेपालको सुरक्षा अवस्था मजबुद रहेपनि भैपरि आउन सक्ने राष्ट्रिय खतरातर्फ सचेत रहँदै प्रतीरक्षा नीति निर्माण गर्न आवश्यक रहेकाले नेपाली सेना र नेपालको सुरक्षा नीतिलाई आधुनिकिकरण गर्नुपर्ने र त्यसमा सरकारले तयारी गरिरहेको बताए ।
रक्षामन्त्री खाँडले नेपाली भूमी कुनै पनि मूलुकका बिरुद्ध प्रयोग गर्न नदिने र आतंककारी गतिबिधिलाई नियन्त्रण गर्न नेपाली सुरक्षा सजग रहेको समेत बताए ।
देश संघीय स्वरुपमा गइसकेको अवस्थामा नेपाली सेनाले आफूलाई संघीय ढाँचा अनुसार पुर्नसंरचना गर्ने कार्यलाई तीब्रता दिइरहेको मन्त्री खाँणले जानकारी दिए ।
प्रतिक्रिया 4