+
+
Shares

राडीपाखी बुन्न आधुनिक तानको प्रयोग

रविन भट्टराई रविन भट्टराई
२०७३ असोज १९ गते ९:५६

radipakhi१९ असोज, ताप्लेजुङ । राडीपाखी बुन्नका लागि सुधारिएको आधुनिक तान भित्रिएसँगै व्यवसायिक रुपमा राडी बुन्दै आएका ताप्लेजुङमा महिलाहरुलाई सहज हुने भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ताप्लेजुङको प्रयासमा राडी बुनाईका लागि सुधारिएको आधुनिक तान भित्राईएको हो ।

“जिल्लाका गुरुङ समुदायका महिलाहरु पहिले परम्परागत तान कमरमा बाधेर राडीपाखी बुन्ने गर्थे अहिले यो तान ल्याएसँगै सहज रुपमा कुर्सीमा बसेर काम गरेझौ बुन्न सकिने भयो, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ताप्लेजुङका प्रमुख नविन पौडेलले भने- ‘यो तानबाट थोरै समयमानै राडीपाखी बुन्न सकिन्छ भने बुन्नेको स्वस्थ्य पनि कुनै असर गर्दैन” ।

अहिले कार्यालयको प्रयासमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत श्रृजनशिल राडीपाखी लघु उद्यमी समुह ताप्लेजुङ नगरपालिका ६ गुम्बाडाँडाका महिलाहरुलाई एउटा तानमा बसाएर राडी पाखी वुन्न सिकाईको र चाँडै अन्य चारवटा सुधारिएको तान पनि वितरण गर्ने तयारी भएको प्रमुख पौडेलले बताए ।

कार्यालयले सुधारीएको राडी बुन्नाईसम्म महिलाहरुलाई पुर्‍याउन करीव १५ लाख रुपैयाँसम्म लगानि गरिसकेको कार्यालयको भनाइ छ ।

राडी  बुनाईका लागि साझा सुविधा केन्द्रको भवन निर्माणका लागि ३ लाख ५० हजार, मेसीन खरिदका लागि २ लाख, तालीम, गोष्टिदेखि अन्य मेसीन खरीदसम्म सबै कार्यालयको लगानि रहेको छ भने भवन बनाउनका लागि करीव ४ लाख बराबरको जग्गा भने निशुल्क प्राप्त भएको कार्यालयले बताएको छ ।

हाल भेडाको उनबाट निर्माण गरिएको राडी ताप्लेजुङमा ३ हजार ५ सय देखि साईज अनुसार ५ हजारसम्ममा विक्री गर्नेगरेको व्यवसायी महिलाहरुले बताए । ताप्लेजुङमा बुनिएको राडी गुणस्तरीय र बलियो हुने हुँदा जिल्ला बाहिर पनि खपत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?