+
+
Shares

गीतमा अनुष्काले लगाइन् २० केजीको पहिरन

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २० गते १२:१७

anuska and ranbir kapoor
नायिका अनुष्का शर्मालाई रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’को एक गीत छायांकन गर्न सजिलो भएन । अनुष्का अहिले निकै फिट छिन् । जसले गर्दा उनको तौल पनि धेरै छैन । तर, चलचित्र ‘ए दिल हे मुश्किल’को एक गीतमा भने उनले गरुङ्गो पहिरन लगाउनु पर्‍यो । ‘चन्ना मेरेया’ बोलको गीतका लागि अनुष्काले २० केजीको पहिरन लगाएकी थिइन् ।

अनुष्काले दैनिक २० देखि २५ पटकसम्म यो पहिरन लगाउनुपथ्र्यो । यो गीत चलचित्रमा महलको पहिलो तलामा छायांकन गरिएको थियो । यसैले यो पहिरन लगाएर पहिलो तल्लामा चढ्न र ओर्लन अनुष्कालाई सजिलो भएन । गीतमा रणवीर कपुर पनि देखिएका छन् ।

अक्टोबर २८ तारिखमा रिलिज हुन लागेको यो चलचित्रलाई करण जोहरले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?