+
+
Shares

मासु नभर्इ भागै बस्दिनन् ज्योति मगर

'मुड चल्नुपर्छ चियाको साटो रक्सि खाइदिन्छु'

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २२ गते १२:३५

jyoti magar hotकाठमाडौं । ग्ल्यामरस सिंगरको रुपमा चिनिएकी ज्योति मगरको मोटो ज्यानको त्यसै भएको होइन । रोल्पामा जन्मेकी यी गायिका मोटी हुनुमा खान पानले पनि भुमिका खेलेको छ । उनी भन्छिन् ‘प्रत्येक छाकमा मासु खाने गरेकी छु’ ।

उनलाई पोर्क र बफ विषेश मन पर्छ । फुर्सदको वेला पोर्क र बफका परिकार आफैं बनाउँछिन् । आफैंले आफ्नै घरमा बनाएको मासुका परिकार मन पराउने ज्योतिलाई पार्टीको मासु प्राय मन पर्दैन ।

पार्टीमा प्राय खसी र कुखुराका परिकार हुन्छन् त्यसकारण पनि उनी मासु खान्नन् ‘मलाई कुखुरा र खसीको मासु खासै मन पर्दैन’ ज्योतिको भनाई थियो ।

मासु जस्तै मदिराको पनि पारखी हुन् उनी । मुड चल्यो भने बिहानै रक्सि खाइदिन्छिन् । ‘मुड चल्नुपर्छ चियाको साटो रक्सि खाइदिन्छु’ ज्योतिले भनिन् ।

गर्मीमा चिसो बियर र जाडोमा ह्वीस्की पिउने गरेकि ज्योति साथीभाइको सल्लाहमा पिउने गरेको बताउँछिन् । उनको भनाई अनुसार उनका केही साथीहरु छन् । उनीहरुविच सल्लाह भएपछि पिउनलाई समयको छेकवार छैन । ‘बिहान होस् या दिउँसो साथीहरुसँग कुरा मिल्यो भने पिइहाल्छु’ ज्योतिले भनिन् ।

रातीसम्म जागा हुने ज्योति बिहान ढिला उठ्छिन । आफुले पिएर अहिलेसम्म कसैलाई डिष्टर्ब नगरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?